Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६६
1. कास्कीको पोखरास्थित सेती खोंचमा यती एयरलाइन्सको 9N-ANC,ATR-72 500 वायुयान दुर्घटना कहिले भएको थियो ?
- २०७९ माघ ३
- २०७९ माघ २
- २०७९ माघ १
- २०७९ माघ ४
2. ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्स २०२२ अनुसार क्रिप्टोकरेन्सीको कारोबारमा नेपाल कुन स्थानमा छ ?
- १० औं
- १५ औं
- १६ औं
- २५ औं
3. Miss Universe 2022 को ताज विजेता को हुन् ?
- Harnaaz Sandhu, India
- Karolina Bielawska, Poland
- R'Bonney Gabriel, USA
- Mina Sue Choi, South Korea
4. "इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी" संस्थाले प्रदान गर्ने 'इसा अवार्ड २०२३' कस्लाई प्रदान गर्यो ?
- गोविन्द केसी
- अनुराधा कोइराला
- राष्ट्रिय मानव अधिकार आयोग
- सन्दुक रुइत
5. बागमती गोल्ड कप २०७९ को उपाधी विजेता क्लव कुन हो ?
- मनाङ मर्स्याङ्दी क्लव
- नेपाल पुलिस क्लव
- संकटा क्लव
- भुटनिज युथ स्पोर्ट्स
6. नयाँ पुस्तक 'कुटनीतिक डायरी' का लेखक को हुन् ?
- जयराज आचार्य
- यदुनाथ खनाल
- राजेश्वर आचार्य
- रमेशनाथ पाण्डे
7. विश्व बैङ्कद्वारा सन् २०२३ जनवरी १० मा सार्वजनिक प्रतिवेदनअनुसार आ.व. २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?
- ४.१ प्रतिशत
- २.१ प्रतिशत
- ३.१ प्रतिशत
- ५.१ प्रतिशत
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. Vitamin A |
a. Thiamine |
| 2. Vitamin B1 |
b. Ascorbic Acid |
| 3. Vitamin B2 |
c. Riboflavin |
| 4. Vitamin C |
d. Retinol |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. "black box" केसँग सम्बन्धित छ ?
- एक प्रजातीको माकुरा
- समुन्द्रमा रहेको खनिज
- मृत्य शरीर राख्ने यन्त्र
- बिमान दुर्घटना पत्ता लगाउने मुख्य आधार
10. महान फुटवलर पेलेलाई फिफाले शताब्दीकै उत्कृष्ट फुटबलर कहिले घोषित गरेको थियो ?
- सन् २०२०
- सन् २००२
- सन् २०००
- सन् २०१०
11. राष्ट्रिय योग दिवस २०७९ (माघ १) को आदर्शवाक्य के दिइएको छ ?
- योग र साधनाः हाम्रो चाहना
- स्वस्थ्य जीवनको चाहनाः योग शिक्षा र साधना
- योग गरौः स्वस्थ्य रहौं
- सबैका लागि सधैं योग
12. भूकम्प सुरक्षा दिवस २०७९ (माघ २) को आदर्शवाक्य के दिइएको छ ?
- भूकम्प आउन सक्छ सचेत रहौं
- भूकम्प सुरक्षित पुर्वाधार, सुरक्षित जीवनको आधार
- सुरक्षित जीवनका लागि भूकम्प सुरक्षित पुर्वाधार
- जीवनको आधारः भूकम्प प्रतिरोधी पुर्वाधार
13. 'शंखे पहरा' कहाँ पर्छ ?
- कास्की
- बागलुङ
- पर्वत
- गोरखा
14. मुख्यमन्त्रीले को समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि पद तथा गोपनियताको सपथ लिनु पर्दछ ?
- प्रदेश प्रमुख
- प्रधानमन्त्री
- राष्ट्रपति
- प्रदेश सभामुख
15. ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाडौ लिमिटेड मर्जर भई ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार कहिलेदेखि सुरु भएको थियो ?
- २०७९ पौष २७
- २०७९ पौष १५
- २०७९ पौष २०
- २०७९ पौष २५
16. नेपालमा प्रत्येक बर्ष राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ ?
- पौष १
- माघ १
- फागुन १
- असार १
17. प्रतिनिधि सभाको निर्वाचन २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा कहिले निर्वाचित भएका थिए ?
- २०७९ माघ १
- २०७९ माघ ३
- २०७९ माघ ४
- २०७९ माघ ५
18. Subaltern (सबाल्टर्न) शब्द सर्वप्रथम कस्ले प्रयोगमा ल्याएका थिए ?
- नोम चोम्स्की
- ग्राभियल गार्सिया
- एन्टेनियो ग्राम्शी
- कार्ल मार्क्स
19. नेपालको सप्तकोशी नदी दिइएका कुन कुन जिल्लाको सिमाना भइ बगेको छ ?
- सप्तरी र सिरहा
- सुनसरी र सिरहा
- मोरङ र सप्तरी
- सप्तरी र सुनसरी
20. 'सप्तकन्या गुफा' कुन जिल्लामा पर्दछ ?
- सप्तरी
- संखुवासभा
- सुनसरी
- मोरङ
21. अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’ मा सन् २०२३ जनवरीमा दोस्रो पटक विजय हासिल गरेका नेपालीमुलका पहिलो अमेरिकी विधायक को हुन् ?
- डा. सिताराम अधिकारी
- डा. महेश भण्डारी
- डा. पराग पाठक
- डा. ह्यारी भण्डारी
22. Bank (बैंक) लाई नेपालीमा के भनिन्छ ?
- भण्डारकोष
- मुद्रालय
- अधिकोष
- मुद्राभण्डार
23. हालसालै (२०७९ पौष) दिइएका मध्ये कुन स्थानमा दादुराको प्रकोप देखिएको छ ?
- सप्तरी राजविराज
- बाँके नेपालगञ्ज
- सिरहा लाहान
- मोरङ विराटनगर
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. सन्दुक रुइतलाई 'इसा अवार्ड-२०२३' बाट सम्मानित गरिएको छ ।
b. उनले सन् २००६ मा रोमन म्याग्सेसे अवार्ड पनि पाएका थिए ।
c. सन् २०१८ मा भारत सरकारले उनलाई पद्मश्री अवार्डबाट सम्मान गरेको थियो ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. नेपाल सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कहिले सार्वजनिक गरेको थियो ?
- २०७९ पौष २०
- २०७९ पौष २५
- २०७९ पौष २८
- २०७९ पौष २२
26. ‘भीमदर्शन आदर्श गुरु सम्मान-२०७९’ बाट कस्लाई सम्मान गरिएको छ ?
- सत्यमोहन जोशी
- डा. सुरेशराज शर्मा
- प्रा. गोपीकृष्ण शर्मा
- अभि सुवेदी
27. पब्जी मोवाइल विश्वकप २०२३ मा नेपाली टिमले कुन स्थान हासिल गरेको छ ?
- प्रथम
- तृतिय
- द्धितीय
- चौथो
28. तल दिइएका मुख्यमन्त्रीहरुका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. प्रदेश नं १           - हिक्मत कुमार कार्की
b. मधेश प्रदेश         - सरोज कुमार यादव
c. बागमती प्रदेश       - शालिकराम जम्मकट्टेल
d. गण्डकी प्रदेश       - खगराज अधिकारी
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. सन् २०२३ जनवरीमा साउदी अरेबियामा भएको स्पेनी सुपरकपको विजेता क्लव कुन हो ?
- रियल म्याड्रिड
- बार्सिलोना
- एथलेटिको म्याड्रिड
- भिल्लारियल
30. Where is the headquarters of ‘Asian Pacific Postal Union’?
- Mumbai
- Bangkok
- Colombo
- Dhaka
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-01-21 |
| Total Views |
1,419 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel