१) पृथ्वीको केन्द्रबाट सबैभन्दा टाढा रहेको क्षेत्र कुन हो ? उत्तर : चिम्बोराजो
२) हावापानी सम्बन्धि अध्ययन गराउने बिज्ञानलाई के भनिन्छ ? उत्तर :क्लाईमेटोलोजी
३) घोडा दौडमा प्रथम हुनेलाई दिने पुरस्कार लाई चलनचल्तिमा के भनिन्छ ??
उत्तर : ब्लु रिबन
४) राज्यकालको सुरुमा आफ्नो ज्वाईलाई राज्य सुम्पी गुरुको पछि लाग्ने राजा को हुन ??
उत्तर : शिवदेव प्रथम
५) आलुको खेती बिस्वमा सर्वप्रथम कुन देशबाट सुरु भएको हो ??
उत्तर : चीन
६) अन्तरीक्षमा बसाईने प्रस्तावित सहर "ओल्गा" का डिजाइनर डेनियल बदिनी कुन देशका नागरिक हुन ??
उत्तर : ईटली
७) बिस्वको सर्वोच्च टाकुरा सगरमाथाको उचाई २९०२८ फिट हो भनेर प्रमाणित गर्ने ब्यक्ती को हुन ??
उत्तर : राधानाथ सिकन्दर
८) भलिबलका जन्मदाता मार्गेड कुन देशका नागरिक हुन ??
उत्तर : अमेरिका
९) कुकुर जस्तै कराउने चरा सेरिमा बिस्वको कुन देशमा पाइन्छ ??
उत्तर : ब्राजिल
१०) "बिर्सिएको सहर" भनेर ल्हासा लाई चिनिन्छ भने "हराएको सहर" भनेर कसलाई चिनिन्छ ??
उत्तर : पेरु
११) एकापट्टी एउटा चित्र र अर्कोपट्टि अर्को चित्र अंकित राष्ट्रिय झन्डा भएको बिस्वको एकमात्र देश कुन हो ??
उत्तर : पाराग्वे
१२) बाहा पर्वलाई फूलको उत्सवको रुपमा मनाउने जाति कुन हो ??
उत्तर : सतार
१३) बिफर रोग कुन भाइरसको कारण लाग्दछ ??
उत्तर : Bariola Virus
१४) विश्व क्यान्सर दिवस कहिले मनाइन्छ ??
उत्तर : Feb ४
१५) UNO ले सन् १९८६ लाई कुन वर्षको रुपमा मनायो ??
उत्तर : अन्तर्राष्ट्रियशान्ति वर्ष
१६) लिच्छवीकालमा यातायातको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ??
उत्तर : लिंगवल
१७) २०६८ को जनगणना अनुसार नेपालमा बिजुली बत्ती प्रयोग गर्ने परिवार कति प्रतिशत रहेको छ ??
उत्तर : ६७.२६ %
१८) नेपालमा हाल चालू नयाँ अनुगमन तथा मूल्यांकन व्यवस्था कुन आर्थिक वर्षदेखि लागू भएको हो ??
उत्तर : २०४९/०५०
१९) नेपाल सरकारद्वारा सञ्चालित "शासकीय सुधार कार्यक्रम" कुन आर्थिक वर्षदेखि सुरु गरिएको हो ??
उत्तर : २०५८/०५९
२०) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना कहिले भएको हो ??
उत्तर : २०४७ माघ २६
२१) "त्रिरत्नु सौन्दर्य गाथा" कसले रचना गरेका हुन् ??
उत्तर : सुन्दरानन्द बाँडा
२२) नेपाली साहित्यको माध्यमिक काल कुन समयावधि लाई मानिन्छ ??
उत्तर : वि.सं. १९४१-१९७४
२३) विश्वको चौथो ठूलो टापु माडागस्कर कुन महासागरमा पर्दछ ??
उत्तर : हिन्द महासागर
२४) सगरमाथा शिखरमा ओलम्पिक ज्योति कहिेले पुर्याइएको थियो ??
उत्तर : २०६५ वैशाख २६
२५) नेपालको सबैभन्दा ठूलो काठको ढोका कुन जिल्लामा छ ??
उत्तर : पाल्पा
२६) शीतला रोग लागेर मर्ने नेपालका राजा को हुन् ??
उत्तर : गिर्वाणयुद्ध विक्रम शाह
२७) कुन जातिमा विवाह गरेपछि अलग्गै घर बनाएर बस्ने चलन छ ??
उत्तर : किसान
२८) मुस्लिम पुरुषलाई कति पटकसम्म विवाह गर्न छुट हुन्छ ??
उत्तर : ४ पटक
२९) नेपालको पहिलो बालमैत्री आमाघर कुन ठाउँमा निर्माण हुने भएको छ ?
उत्तर : दमक, झापा
३०) "Valley of King" नामक ठाउँ कुन देशमा रहेको छ ?
उत्तर : इजिप्ट
३१) इम्जा हिमताल कुन जिल्लामा पर्दछ ?
उत्तर : सोलखुम्बु
३२) काठमाडौमा प्रस्तावित बाहिरी चक्रपथको लम्बाई कति छ ?
उत्तर : ७२ कि.मि
३३) नेपालमा सभामुखद्वारा प्रमाणित गरिएको पहिलो ऐन कुन हो ?
उत्तर : पेश्की खर्च ऐन, २०६३
३४) कुन सन्धिपश्चात अमेरिका औपचारिक रुपमा स्वतन्त्र भयो ?
उत्तर : भर्सायलको सन्धि
३५) वाफको शक्तिद्वारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ?
उत्तर : जर्ज स्टिफेन्सन
३६) नेपालबाट सबभन्दा नजिकको बन्दरगाह कुन हो ?
उत्तर : कोलकाता
३७) अमेरिका र बेलायत विच भएको कुन सन्धिले अमेरिका स्वतन्त्र भयो ?
उत्तर : भर्सायल सन्धी
३८) अमेरिकी स्वतन्त्र सङ्ग्राम को नेतृत्व कसले गरेका थिए ?
उत्तर : जर्ज वासिङ्टन
३९) जर्मनीले कुन राष्ट्र माथी आक्रमण गरेपछि द्वितीय विश्वयुद्वको सुरुवात भएको थियोे ?
उत्तर : पोल्यान्ड
४०) 'क्युबिक' सहर कुन नदीको किनारमा अवस्थित छ ?
उत्तर : सेन्ट लरेन्स
४१) नेपाली साहित्यका वेदव्यास भनेर कसलाई चिनिन्छ ?
उत्तर : हेमांग दीक्षित
४२) 'सनेसा' कुन भाषासँग सम्बन्धित पत्रिका हो ?
उत्तर : भोजपुरी
४३) दोस्रो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ?
उत्तर : रोम, इटाली
४४) विश्वव्यापी उष्णता र जलवायु परिवर्तनबारे विश्वव्यापीरुपमा सचेत गराउन WWF द्वारा सन् २०१० मार्च १ मा मनाइएको अर्थ आवर दिवसलाई के नाम दिइएको थियो ?
उत्तर : Black Out
४५) आसियनको पहिलो शिखर सम्मेलन कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९७६ Feb २३-२४ (बाली, इन्डोनेसिया)
४६) बिमस्टेकको पहिलो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
उत्तर : २००४ July ३१ (बैंकक, थाइल्यान्ड)
४७) पहिलो सार्क शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
उत्तर : १९८५ Dec ७-८ (ढाका, बंगलादेश)
४८) UNO को पहिलो बैंठक कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९४६ Jan १० (वेस्ट मिनिस्टर भवन, लण्डन)
४९) असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन कहिले र कहाँ बसेको थियो ?
उत्तर : १९६१ Sep १-६ (बेलग्रेड, युगोस्लाभिया)
५०) WTO को पहिलो सम्मेलन कहिले र कहाँ भएको थियो ?
उत्तर : १९९६ Dec ९-१३ (सिंगापुर)
५१) नेपालमा लोकसेवा आयोग (कार्यविधि) ऐन पहिलोपल्ट कहिले ल्याइयो ?
उत्तर : वि.सं. २०२०