Welcome, Guest

२०७५ फाल्गुण १९ आइतबार (समसामयिक अपडेट )

2019-03-03 / 4.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. नेपाल सरकारका तत्कालीन संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी कहिले निधन भयो ?
२०७५ फागुन १५ गते बुधबार
(स्मरण रहोस् मन्त्री अधिकारीको तेह्रथुमको आठराई गाउँपालिकाको चौहानडाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यताको अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिस एएस३५०एच१२५ को हेलिकोप्टर दुर्घटनामा परी ताप्लेजुङको फुङलिङ नगरपालिकाको तारेभीरमा निधन भएको हो । उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित सातजना विशिष्ट व्यक्तिको निधन भएको थियो भने अधिकारी तत्कालीन नेकपा एमालेबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा निर्वाचित सांसद हुन्)
 
२.अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो पटक भेटवार्ता कहिले सम्पन्न भयो ?
सन् २०१९ फेब्रुअरी २७ र २८ (भियतनामको हनोईमा)
(स्मरण रहोस् यो वार्ता निस्कर्षविहीन रूपमा टुंगिएको छ भने ट्रम्प र उनको पहिलो भेटवार्ता सिंगापुरको होटेल क्यापेलमा सन् २०१८ को जुन १२ मा भएको थियो)
 
३. ओस्कार अवार्ड २०१९ मा सर्वोत्कृष्ट हुने फिल्म कुन हो ?
ग्रिन बुक (गत वर्ष द सेप अफ वाटर)
(स्मरण रहोस् उक्त ९१औँ ओस्कार अवार्डमा अल्फोन्सो कुरोन सर्वोत्कृष्ट निर्देशक, रमी मालेक सर्वोत्कृष्ट अभिनेता, अलिभिया कोलमन सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका थिए)
 
४. कुचबिहारबाट डोली झिकाउने र विवाह गर्ने चलन चलाउने मल्ल राजा को हुन् ?
प्रताप मल्ल
 
५. अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस कहिले मनाइन्छ ?
फेब्रुअरी २० मा
(स्मरण रहोस् दिवसको यो वर्षको नारा क्ष थयग धबलत एभबअभ बलम मभखभयिऊभलत, धयचप ायच कयअष्ब िवगकतष्अभ भन्ने रहेको छ)
 
६. १२ ताल १८ पाटनको जिल्ला भनी नेपालको कुन जिल्लालाई चिनिन्छ ?
अछाम
 
७. हाल विश्वको सबैभन्दा जेठो प्रधानमन्त्री को हुन् ?
महाथिर मोहम्मद (मलेसिया)
(स्मरण रहोस् २०१८ मे १० मा निर्वाचित भएका मोहम्मद ९२ वर्षीय प्रधानमन्त्री रहेका छन्)
 
८. ३९औँ भाषा सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
२०७५ मंसिर १० र ११ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको त्रिवि सेडा हलमा
 
९.आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
२८.२१ प्रतिशत (गत वर्ष २९.३५ प्रतिशत)
 
१०. हाल नेपालमा जिल्ला हुलाक कार्यालयको संख्या कति रहेको छ ?
७० वटा
(स्मरण रहोस् हाल नेपालमा हुलाक सेवा विभाग १, क्षेत्रीय हुलाक निर्देशनालय ५, इलाका हुलाक कार्यालय ८४२ र अतिरिक्त हुलाक कार्यालय ३०७४ वटा रहेका छन्)
 
११. आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट कति रहेको छ ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
 
१२. मंगल ग्रहको कतिवटा उपग्रह रहेका छन् ?
२ वटा (फोबोस र डिमोस)
 
१३. पहेँलो तथा सुन्दर ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
शनि ग्रह
 
१४. कार्टोग्राफी भनेको के हो ?
पृथ्वीको नाप तथा नक्सा तयार गर्ने र त्यसलाई तथ्यांकगत तथा चित्रमय रूपमा प्रस्तुत गर्ने विधि
 
१५. नेपालबाट सबैभन्दा नजिकको महासागर कुन हो ?
हिन्द महासागर
 
१६. “डिएलएसटी” के हो ?
म्बथ ीष्नजत क्बखष्लन तष्mभ 
(नोट ः आफ्नो घडीलाई सूर्योदय र सूर्यास्त सँगै अनुकूल गराउने पद्धति हो डिएलएसटी)
 
१७. लुगुला भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?
मनाङ
 
१८. “घरको बाघ वनको स्याल” भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?
चन्द्र शमशेर
 
१९. “बेलायती कुकुर मज्जासँग न्यानो डसनामा सुत्ने, साबुनपानीले नुहाइदिनुपर्ने दूधभात खुवाउनुपर्ने तर बाघ, बाँदर र भालुबाट मकैको रक्षा गर्नुपरेमा भोटे कुकुर नै चाहिन्छ, चन्द्रोदयको देशमा बेलायती कुकुरको कुनै काम छैन । भोटे कुुकुरलाई त केवल साग, ढिँडो र सिस्नु फालिदिए पुग्छ” भनेर कुन पुस्तकमा लेखिएको थियो ?
मकैको खेती
(स्मरण रहोस् यही लेखिएको आधारमा कृष्णलाल अधिकारीलाई १९७७ साउन १७ गते गिरफ्तार गरी ९ वर्षको जेल सजाय दिइएको थियो, तर जेलमुक्त नहुँदै १९८३ मा जेलभित्रै उनको निधन भयो । यही घटनालाई नेपालको इतिहासमा मकै पर्व भनिन्छ तथा सुब्बा कृष्णलाल अधिकारीलाई नेपालको पहिलो साहित्यिक सहिद पनि भनिन्छ)
 
२०. जैन धर्मको धार्मिक ग्रन्थलाई के नामकरण गरिएको छ ?
वचनामृत (प्राकृत भाषामा लेखिएको)
 
२१.चर्चित साहित्यिक कृति “धम्बोझी” का लेखक को हुन् ?
सरोजराज अधिकारी
 
२२. छोका, जोगिरा, कठरिया, चाँचर, मयूर, चोरखेलियाजस्ता नाच कुन जातिमा प्रचलित नाच हो ?
थारू
 
२३. राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग विधेयक कहिले सर्वसम्मतिले पारित ग-यो ?
२०७५ फागुन १२
 
२४. आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
२०७५ माघ १८ र १९ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१२, जालपामा
 
२५. दक्षिण कोरियाले सन् २०१८ को सिउल शान्ति पुरस्कार कसलाई प्रदान ग-यो ?
नरेन्द्र मोदी

You need to login to comment.

Facebook Comments