Welcome, Guest

शाखा अधिकृतको अनुभवमा सफलताका सूत्र (लोकसेवा टिप्स)

2019-03-05 / 3.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

सफलता हासिल गर्न निम्न कुरा आवश्यक ठान्छु: 
 
सर्वप्रथम त के विषयमा परीक्षा दिँदै छु भन्ने हेक्का हुनै प¥यो । यसको मतलव विषयवस्तु (ऋयलतभलत)  थाहा हुनैप¥यो । परीक्षा दिने पदको पाठ्यक्रमबारे जानकारी हुनैप¥यो तर यसमा सो पाठ्यक्रम यति फराकिलो हुन्छ कि समसामयिक कुराहरू र विश्व परिवेशबारे त बृहत् क्षेत्र नै हुन्छ र यसको कुनै सीमा नै रहेको हँुदैन तर पनि यसलाई कभर गर्ने शैली भने हुन्छ । जस्तैः विषय क्षेत्र वा समयक्रमअनुसारको पृथक् नोट तयारी गर्ने ।
 
केवल पाठ्यक्रमको साँघुरो घेराभित्र मात्र रहेर अध्ययन गर्दैमा यस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफलता हात लाग्छ भन्ने छैन । यसका लागि फरकपन हुनैपर्छ । आफूलाई आलोचनात्मक, प्रश्नात्मक र समालोचनात्मक बनाउनैपर्छ । आफंैभित्र प्रश्न र आफंैले त्यसको समाधान खोज्ने प्रयास गर्नुपर्छ । आजभोलि यस्तै विभिन्न मिडियामा फरक फरक अनुभव पढ्न पाइन्छ, कतिपयले औसत विद्यार्थी भए पास भइने भनेको सुनिन्छ भने कसैले गोल्डमेडलिस्ट नै हुन सक्नुपर्छ भन्ने पनि सुनिन्छ । तर, मेरो अनुभवमा लोकसेवा र यस्तै प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन त्यस्तो कुनै रेडिमेड फर्मुला छ जस्तो लाग्दैन । कुरो यति हो कि, निरन्तरको प्रयास र एकाग्रतापूर्वक गरिने अभ्यास नै परीक्षामा सफल हुने एकमात्र कडी हो । के लेख्ने, कस्तो लेख्ने, कति लेख्ने भन्ने कुरा विषयवस्तु, उदाहरणसहित वा उदाहरणरहित, समय पावन्दी विचार गरेर लेख्ने हो, यसमा जो टपरहरू हुनुहुन्छ, वहाँहरू प्रायः कोचिङ सेन्टर वा ट्युसन क्लासहरूमा गएको अनुभव मैले सुनेको छैन । थोरै महानुभावहरूले ट्युसन वा कोचिङ क्लासको अनुभव लिनुभएको सुनिन्छ । पाठ्यक्रममा भएका र पुराना प्रश्नपत्रमा सोधिएका विषयवस्तुलाई आधार मानेर तयारी गर्दा धेरै कुरा समेटिने हुन्छ ।
 
प्रतिस्पर्धात्मक परीक्षाहरू प्रतिस्पर्धामा अगाडि आउनकै लागि हुने गर्दछन् । विश्वविद्यालयमा गोल्डमेडल ल्याउने वा विश्वविद्यालयका टपर विद्यार्थीहरूले यस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफलता पाएको संख्या तुलनात्मक रूपमा कम छ । हामीलाई थाहा छ नि, प्रवेशिका परीक्षामा बोर्ड प्रथम हुनेहरू वा विश्वविद्यालयमा विषयगत टपर वा गोल्डमेडलिस्टहरूको तथ्यांक केलाउँदा पनि हुन्छ, वहाँहरू प्रतिस्पर्धात्मक परीक्षाका विभिन्न जन्जिरहरू पार गरेर सार्वजनिक प्रशासनका क्षेत्रमा एकाधबाहेक कमै मात्र प्रवेश गर्न सफल हुनुभएको छ ।
 
परीक्षामा लेख्दा प्रश्नले खोजेको कुरा लेख्ने हो र सिलसिलेबार रूपमा लेख्ने हो । क्रमबद्ध हुनैपर्छ लेखाइ । हातले लेख्ने उत्तर हातका औंला जस्तो क्रममा होइन, खुट्टाको औंलाको क्रम जसरी लेख्नुपर्छ । केमिकल ल्याबमा केमिकलको सिक्वेन्स वा मात्रा मिलेन भने गलत वा नेगेटिभ रियाक्सन देखिए जस्तै परीक्षामा पनि सोचेको नतिजा आउँदैन । प्रतिस्पर्धी लेखाइको मुख्य थिम नै यही हो । लेखाइको कुनै ढाँचा वा शैलीको ‘टेम्प्लेट’ हुँदैन र मलाई त्यस्तो हुन्छ भन्ने पनि लाग्दैन ।
ल कसैले ‘औसत’ क्षमताको भए हुने भन्छन् त, कसैले ‘टपर’ नै हुनुपर्छ भन्छन् । तर, विगतका प्रश्नहरूको प्रवृत्ति विश्लेषण गर्दै ठिक्क अध्ययन गरेर पनि सफलताको चुलीमा पुग्न सकिन्छ, हाउगुजी देखाउनेहरू त कति छन् कति यहाँ ।
ल सफलताको एउटै कुनै सर्वव्यापी टेम्प्लेट भएजस्तो लाग्दैन तर खप्तड बाबाले भनेझैं ‘नियमितता र एकाग्रता’ले नै सफलता हात लाग्न सकिन्छ, मौसमी अध्ययनले त शून्य मात्र ।
 
मेरो अनुभव
 
बजारमा निस्केका सबै पुस्तक उपयुक्त हुन्छन् भन्ने छैन । त्यसैले मैले अध्ययन गर्दा अधिकांश पाठ्यक्रमलाई समेट्ने जुन पुस्तक छ, त्यो एउटा मात्र पुस्तक किनेर त्यसमा भएका विषयवस्तुको गहिराइसम्म पुगेर अध्ययन गर्ने गर्थें । यसका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहमा अध्ययन अध्यापन हुने सन्दर्भ पुस्तकहरू समेतलाई आधार मान्न सकिन्छ । त्यस्ता एकेडेमिक पुस्तकहरू प्रायः विज्ञहरूबाट नै लेखिएको हुने हुँदा बढी आधिकारिक भएको पाएको छ ु।
 
एउटै व्यक्ति प्रायः सबै क्षेत्रको ज्ञाता नहुन सक्छ । तसर्थ, च्याप्टरवाइज पुस्तकहरू किनेर त्यसको गहिरो अध्ययन गर्दा बढी प्रभावकारी हुन्छ । मैले प्रायः च्याप्टरवाइज केसमा लाइब्रेरीहरूको बढी प्रयोग गरेको थिएँ । लेखाइमा निखारता ल्याउने भनेको लेखेर नै हो । अध्ययन गर्ने भनेको लख्ने पनि हो । व्याकरणीय शुद्धतामा विशेष चनाखो हुनुपर्छ। सबै व्याकरण मिल्छ भन्ने छैन तर पनि सामान्यभन्दा पनि सामान्य कुराको व्याकरणमा त्रुटि हुनु भनेको ‘बेमतलवी’ हुनु हो । सकेसम्म मैले व्याकरणलाई शुद्धता दिने प्रयास गर्थें । त्यसका लागि अभ्यस्त हुन लेख्नैपथ्र्या े।
 
प्रश्नको अंकभार र जम्मा समयलाई तालमेल गरेर समय विभाजन गर्न सक्नुपर्छ । अनि हरेक प्रश्नको अंकभारअनुसार समय छुट्याई तत् तत् समयभित्र तत् तत् प्रश्नको उत्तर लेख्ने गर्नुपर्छ । अन्यथा समय व्यवस्थापन गर्न नसक्नाले उत्तरमा सन्तुलन ल्याउन सकिँदैन । कुनै प्रश्नको उत्तर विवेचनात्मक रूपमा लेख्ने त कुनै प्रश्नको उत्तर सारांशमा टुंग्याउनुहुँदैन । अंकभारअनुसार सन्तुलित ढंगबाट उचित समयभित्र सकिने गरी लेख्नुपर्छ । मैले प्रायः कुनै पनि प्रश्नको उत्तर लेख्दा अझै धेरै बुँदाहरू थप्न सकिने हुँदा हुँदैको स्थितिमा पनि प्रश्नको अंकभारअनुसार विभाजन गरिएको समयावधि विचार गरी सिलसिलेवार रूपमा उत्तरको बिट मार्ने गरेको छु, जसले गर्दा अर्को प्रश्नको उत्तरमा प्रवेश गर्न सहज हुन्छ र हतारो हँुदैन ।
 
प्रायः सबै प्रश्नको उत्तर सन्तुलित (समय, विषयवस्तु, राजनीतिक रूपमा बायसनेस नभई) लेख्ने गर्थें । जसलाई म कर्मचारीतन्त्रको ‘ब्युटी’ तटस्थतालाई आत्मसात् गरेको ठान्ने गर्छु ।
 
प्रतिस्पर्धात्मक परीक्षा तयारीका क्षेत्रमा गुरु नै मानिने एकजना अग्रजले भनेझै अध्ययन गर्दा ‘सेभेन सी’लाई ध्यान दिनैपर्छ । तर, मैले वहाँले भने जस्तो त गरिनँ होला जस्तो लाग्छ । तर यति हो कि, कतिपय वस्तुगत तथा सैद्धान्तिक कुराहरू त बाटोमा हिँड्दा पनि याद गर्दै हिँडेको अनुभव छ । कतिपय अवस्थामा सार्वजनिक यातायातमा चढेको समयमा वस्तुगत कुराहरूलाई याद गर्ने क्रममा उत्रिनुपर्ने स्थानभन्दा पर पुगेर फेरि फर्केर आएको नमीठो अनुभव एक दुईचोटि सँगालेको छु ।
 
विषयवस्तु, सान्दर्भिकता र स्ट्रेन्थ नै हो लेखाइको । पढ्दा त समुद्रमै हाम फल्ने हो नि । गहिराइमा पुगेर मोती निकाल्ने कौशलता त आफ्नै हो नि । अरूले भने जस्तो, सिकाए जस्तो वा सिद्धान्त घोके जस्तो कहाँ हुन्छ र ? त्यसैले पृथ्वीकै मानवले गर्ने मिहिनेत आफूले पनि गर्न सकिन्छ भन्ने मानसिकता राखेर नै अध्ययन गर्ने हो । पौडी खेल्ने तरिका सिकाउनु र आफैं पौडिनुमा धेरै फरक छ । अरूको भन्दा नयाँपन याने कि फरकपन दिन सकियो भने सफलता अवश्य हुन्छ किनकि जाँचकीले ‘स्टेरियो टाइप’ उत्तर खोजेको हुँदैन । हरेक जाँचकीले नयाँपन र नयाँ शैली नै खोजेको हुन्छ त्यसैले विषयवस्तुको गहनता नभई सफलता सायदै प्राप्त होला कि ?
 
लिखित परीक्षा पास गर्दैमा अन्तर्वार्तामा सफल भइन्छ नै भन्ने छैन । अर्को कुरा अन्तर्वार्ता वास्तवमा व्यक्तित्व परीक्षणको चरण हो । लिखित पास गरेको व्यक्ति किताबी कीरो मात्र हो कि व्यावहारिक पनि छ भन्ने परीक्षण गर्ने चरण हो अन्तर्वार्ता । विवाद समाधान, सेवा प्रवाह वा नागरिकको सवालको जवाफ दिन सक्छ कि सक्दैन वा डराएर टेबल र कुर्सीले छेलिएर बस्छ कि फेस टु फेस सामना गर्छ भनेर हेरिने चरण हो अन्तर्वार्ता । अन्तर्वार्तामा सोधिएको सबै प्रश्नको उत्तर आउनैपर्छ भन्ने छैन र उत्तर नआएमा फेल नै हुन्छ भन्ने होइन । तर, यहाँनिर के हेरिन्छ भने आफूलाई थाहा नभएको वा कम जानकारी मात्र भएको वा कन्फर्म नभएको विषयमा व्यक्तिले जानेको झैं गरी फूर्ति लाउँछ कि लाउँदैन भनेर परीक्षण गर्ने गरिन्छ जस्तो लाग्छ ।
 
त्यसैले कुनै पनि सार्वजनिक सेवा र प्रशासनका क्षेत्रमा सेवा गर्ने अभिलाषा लिई प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुँदा सबै महानुभावलाई के भन्न चाहन्छु भने समाजमा हतोत्साही बनाउने धेरै तŒवहरू हुन्छन् । कसैले व्यक्त गर्छन्, कसैले नबोलीकनै टार्छन् । कसैले कुनै परीक्षा दोहो¥याएर दिनुपरेको छैन भन्छन् भने कसैले दशकौं वर्ष प्रयास गर्दा पनि पास हुन नसकेको तीतो अनुभव सुनाउँछन् । प्रतिस्पर्धामा सफलता वा असफलता उपस्थित हुन्छ । एकेडेमिक रूपमा तीक्ष्ण सबै व्यक्तिहरू यस किसिमका प्रतिस्पर्धात्मक परीक्षाहरूमा पास भएको निरपेक्ष उदाहरण मात्र छ जस्तो लाग्दैन ।
विद्यमान परिवेशमा भन्दा पाठ्यक्रमहरूमा एकरूपता र विविधता कायम हुने गरी परिमार्जन गर्नुपर्ने प्रशस्त ठाउँहरू देखिन्छन् । तर, सान्दर्भकताका विषयबाहेक छिटोछिटो पाठ्यक्रम परिवर्तन गरिनुहुन्न । त्यसैगरी, छनोट प्रणालीमा पनि सबै सेवा समूहलाई उत्तिकै चरण र समान प्रक्रियाबाट गर्दा सबै सेवा समूहका व्यक्तिहरूले एक अर्काको सेवा समूहप्रति सम्मान गर्ने अवस्था सिर्जना हुन जान्छ । आज कतिपय सेवा समूहबीच परीक्षा प्रणाली र चरण वा परीक्षाको प्रक्रियाको असमानताले गर्दा कसको जुरो ठूलो भन्ने विवाद सतहमा आएको देखिन्छ । यस्तो विवाद आउनु राम्रो होइन । सेवा र समूहगत विशिष्टतासहितको पाठ्यक्रम त्यसमा पनि व्यवहारिकता बढी अवलम्बन गरी छनोटको पद्धति, चरण र प्रक्रिया भने समान बनाउनैपर्छ । पूर्णांकको विषयमा विवाद आउनु राम्रो होइन ।
 
 प्रश्नको अंकभार र जम्मा समयलाई तालमेल गरेर समय विभाजन गर्न सक्नुपर्छ। हरेक प्रश्नको अंकभारअनुसार समय छुट्याई तत् तत् समयभित्र तत् तत् प्रश्नको उत्तर लेख्ने गर्नुपर्छ। अन्यथा समय व्यवस्थापन गर्न नसक्नाले उत्तरमा सन्तुलन  ल्याउन सकि“दैन
 
अहिले निजामती क्षेत्रमा विभिन्न सेवा र समूहको पाठ्यक्रम तथा प्रश्नको ढाँचा पेसागत व्यवसायिकता अभिवृद्धि गर्ने किसिमको, सेवा क्षेत्रगत र सार्वजनिक सेवाको किसिमअनुसारको सेवा प्रवाहको पद्धति जस्ता व्यावहारिक र सान्दर्भिक विषयवस्तु समेट्नुपर्ने जति समेटिएको जस्तो लाग्दैन । कर्मचारीले लोकसेवा आयोगको परीक्षा पास गरेपछि नियुक्ति लिनासाथ कुनै सेवा प्रवेश तालिम आवश्यक नपर्ने किसिमको पाठ्यक्रम भइदिए सुनमा सुगन्ध थपिन्थ्यो कि ? जस्तैः सरकारी लेखापालनको कामका लागि छुट्टै र परियोजना लेखापालनका लागि छुट्टै कोर्ष निर्माण गर्न पनि सकिन्छ नि । त्यसैगरी, कर्मचारीको पदीय कार्यविवरणअनुसारको ज्ञान, सीपसँगै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट सम्पादन हुने समग्र सार्वजनिक प्रशासनसँग सम्बन्धित क्रियाकलापको सिलसिलेवार ढंगको पाठ्यक्रम हुँदा अलि व्यावहारिक हुन्थ्यो
 
पाठ्यक्रम जे जस्तो भए पनि लेख्ने अभ्यास धेरै गर्नेले नै परीक्षामा बढी सफलता पाउने सम्भावना हुन्छ । परीक्षा पनि एक किसिमको तालिम नै हा,े जसमा ज्ञान, सीप र कौशलताको तार्किक संयोजन हुनैपर्छ । मेरो हकमा भने साहित्य, कला र संगीत जस्तै परीक्षा पनि एक नशा नै हो, नशा लागुन्जेल अध्ययन र अभ्यासअनुसार परीक्षा पास गरेको अनुभव छ । परीक्षाको नशा नलागेपछि जति अध्ययन तथा अभ्यास गरे पनि पास भएको अनुभव नै छैन ।
 
 

You need to login to comment.

Facebook Comments