Welcome, Guest

चौथो तहको तयारी गर्नेहरुले खरिदारको वुकमा के पढ्ने के नपढ्ने र के थप पढ्ने त??

2019-05-29 / 16.2K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. प्रथम पत्रमा 
सौर्यमण्डल र पृथ्वी, विश्वको भुगोल , विश्वको ईतिहास, आसियन र EU हटाईएको छ भने केहि नया थप गरिएको छैन..!! 
50 प्रश्न(35 gk र 15 IQ) *2=100 पुर्णाङ्क
समय 45 मिनेट (सवै पुरानै प्याटन )
 
2.दोस्रो पत्रमा नेपालको वर्तमान शासन पद्दती र निजामती सेवा हटाईएको छ भने देहायका विषय थप गरिएको छ:-
⇨नेपालको संविधान भाग 1 देखि 5 सम्मका अनुसुचिहरु
⇨सरकारका तीन तहवीच राजनितिक, आर्थिक र प्रशासनिक अन्तरसम्वन्ध 
⇨ नेपालको सार्वजनिक प्रशासन र सुशासन 
⇨प्रदेश र स्थानिय तहको आर्थिक कार्यप्रणाली 
⇨वैठक व्यवस्थापन तथा माईन्युट लेखन
⇨प्रदेश र स्थानिय तहको राजस्व अधिकार र परिचालन
⇨व्यक्तीगत घटना दर्ता
⇨राजस्व र खर्चको फाटवारी र प्रतिवेदन 
⇨ सार्वजनिक खरिद सम्वन्धी जानकारी 
⇨स्थानिय सरकार सन्चालन एेन
⇨भ्रष्टाचार निवारण एेन
साथै सामान्य गणित भनेर थपेका कुराहरु..! 
⇨गणितका आधारभुत क्रिया तथा एेकिक नियम
⇨भिन्न, दशमलव र प्रतिशत
⇨नाफा, नोक्सान र छुट 
⇨कर, कमिसन र ह्रास कट्टी
⇨साधारण व्याज
⇨औषत, मध्यक र मध्यिका
 
16 प्रश्न(12 वटा 5 नम्वरको छोटो र 4 वटा 10 नम्वरको लामो) जसमा लेखन 80 को र गणित 20 गरी 100 पुर्णाङ्क समय 3 घण्टा
 
3. Maths र science वाला पत्र हटाईएको छ केहि पढ्नै परेन
 
⇨लिखित पास भएपछि 10 नम्वरको कम्युटर र 30 नम्वरको अन्तर्वार्ता हुने..!!
 
→Govinda Giri - गोविन्द गिरी

You need to login to comment.

1 Comments

Mona Lisa Ghale

on 12 Jul, 2019

sachikai hora

Facebook Comments