Welcome, Guest

पुर्व-पश्चिम राजमार्ग विस्तृत जानकारीः

2014-12-30 / 5.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

1. पुर्वमा झापा जिल्ला (मेची अञ्चल)को काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्ला (महाकाली अञ्चल) को वनवासासम्म पुग्ने यो राजमार्गको लम्बाई 1027.67 कि.मी. रहेको छ ।
2. वि.सं. 2018 मसिँर 3 गते पोखरास्थित पार्दी बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व- पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएअनुरुप वि.सं. 2019 बैशाक 1 गतेका दिन नवलपरासीको गैँडाकोटमा राजा महेन्द्रबाट नै यो राजमार्गको शीलान्यास भएको थियो ।
3. महेन्द्र राजमार्ग पनि भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले 21 जिल्ला छुन्छ ।
4. महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (71 मिटर)मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (950 मिटर) मा पर्छ ।
5. महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला नवलपरासी हो ।
6. महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको विवरण निम्नबमोजिम छः
क. मेची - ढल्केबर खण्डः भारत
ख. ढल्केबर - पथलैया खण्डः रुस
ग. हेटौँडा - नारायणगढ खण्डः एसियाली बिकास बैँक
घ. नारायणगढ - बुटबल खण्डः बेलायत
ङ. बुटवल - कोहलपुर - बनवासा खण्डः भारत


You need to login to comment.

Facebook Comments