नेपाली उखान टुक्का
2015-01-03 / 6.5K
0
Subscribe to LokSewa Plus for unlimited access to all resources
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
# अकबरी सुनलाई कसी लगाउँनु पर्दैन।
# अर्काको नासो, गला पासो।
# अकाशको फल आँखा तरी मर।
# अघि बुद्धि आएन पछि रोएर के गर्नु।
# अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु।
# अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ।
# अल्छीलाई बल्छी, मर्दलाई जाल।
# अल्छी तिघ्रो स्वादे जिभ्रो।
# अनिकाले मानु बाडी चुडी खानु।
# आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।
# आफै नमरी स्वर्ग देखिँदैन।
# आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने।
# आयुको छोरालाई वायुको के डर।
# एउटा थाप्लोमा दुइटा नाम्लो।
# ओरालो लागेको घाम, पखाला लागेकी बूढी।
# ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ।
# औषधी र अर्ती तीतै हुन्छन्।
# कहिले सासुको पालो, कहिले बुहारीको पालो।
# काम न धाम पेटभरि माम।
# मुलको पानी,कुलकी नानी।
# कानु गोरुलाई औशी न पुर्णे।
# कि हस्तिनापुरको राज कि चपरिमुनिको बास।
# खोला होइन तिर्खा धाउँछ।
# खानु न पिनु पुर्पुरोमा चिनु।
# खाने मुखलाई जुँगााले छेक्दैन
# खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने।
# गर्नु न बिराउनु के–को डराउनु।
# दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु।
# गाई मारी गधा पोस्ने।
# गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ।
# गुन्द्रुकलाई पकाउनु पर्दैन।
# घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी।
# घर आय कुकुर बलियो।
# चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन।
# चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।
# छोरो पाउने कहिले कहिले कन्धेनीको सोच।
# जस्तो आफू उस्तो च्यापू।
# जसको सिङ छैन उसको नाम तिखे।
# जस्को तरवार उसैको घरवार।
# जस्तालाई तस्तै ढिंडालाई निस्तै।
# जहाँ ताल उहीँ पानी।
# जसले बोक्छ भारी, खान्छ मेख मारी।
# जब हुन्छ राती अनि बुढी ताती।
# जाँगर न साँगर खाने बेलामा आँगर।
# जुँगो चल्यो कुरा बुझ्यो।
# जुवाको धन गन्दै नगन।
# जो होचो उसको मुखमा घोचो।
# जो अगुवा उही बाटोमा हगुवा।
# जोगीको घर सन्नेसी पाहुना।
# जति जोगी गाए पनि कानै चिरेका।
# जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी।
# टाढाको देउता करेसाको भूत।
# ताक परे तिवारी नत्र गोतामे।
# ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम।
# दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।
# दूध दिने गाईको, लात्ती पनि सहनु।
# धान खाने मुसो चोट पाउँने भ्यागुत्तो।
# नदिने सासु बुधवार बार्छिन्।
# नमच्चिने पिङ्को सय झड्का।
# नाच्न नजान्ने आँगन टेढो।
# पशुपतिको जात्रा सिद्राको व्यापार।
# बतास नलागि पात हल्लिदैन।
# वनको बाघले नखाए नि मनको वाघले खाने।
# बारी न बिरुवा नौ मूरी तोरी।
# बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।
# बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस।
# बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन।
# भाई फुटे गवाँर लुटे।
# भेटी न सेटी बस मरी भेटी।
# भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ।
# म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो।
# मनको वह कसैलाई नकह।
# मर्ने बेलामा हरियो काक्रो।
# मह काड्नेले हात चाट्छ।
# मर्दाको मलामी जिउँदाको जन्ती।
# माछाको बल पानीसम्म।
# माछा माछा भ्याकुता।
# मुखमा राम–राम बगलिमा छुरा।
# मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ।
# मेरो गोरुको बार्है टक्का।
# मोही माग्ने ढुंग्रो लुकाउने।
# रातभरि रुघ्यो बुढी जिंउदै।
# रातभरि करायो दक्षिणा हरायो।
# राम्री तेसै राम्री, नराम्रीलाई ढसक।
# राजाको काम कहिले जाला घाम।
# लगन पछिको पोते के काम।
# लाटो देशमा गाँडो तन्नेरी।
# लासामा सुन छ कान बुच्चै।
# लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ।
# लोहारको सय चोट सुनारको एकै चोट।
# साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ।
# सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल।
# सोक न सुर्ता भोक न भकारी।
# सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु
# हात्ती आयो हात्ती आयो फुस्सा।
# हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा।
# हातमा पुस्तक मनमा दस थोक।
# हुने बिरुवाका चिल्ला पात।
# हुनु हार दैव नटार।