Welcome, Guest

नेपाल वायुसेवा निगममा कर्मचारी आवश्यकता

2074-06-29 / Source: gorkhapatraonline.com  /  45.2K 8

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो।
 
खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले तह ७ को वरिष्ठ प्राविधिक अधिकृतदेखि तह ४ को ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्मका पदमा दरखास्त आह्वान गरेको हो। वरिष्ठ प्राविधिक अधिकृतमा तह ७ खुला ४ सहित ८ जनाका लागि दरखास्त आह्वान भएको छ।
 
सबैभन्दा बढी सामान्य प्रशासन (अधिकृत) तर्फ खुला १२ सहित २२ जनाका लागि दरखास्त आह्वान भएको छ। सामान्य प्रशासन तह ५ मा खुला र समावेशी गरी १४ जनाका लागि दरखास्त आह्वान भएको हो।
 
परीक्षा दस्तुर तह ४ र ५ का लागि पाँच सय रुपैयाँ तोकिएको छ। तह ६ र ७ का लागि सात सय रुपैयाँ कायम गरिएको छ। एकभन्दा बढी समूहमा दरखास्त दिँदा थप रकम लाग्नेछ।
 

फाराम भर्ने मिति प्रथम पटक सूचना प्रकाशित भएको २०७४ असोज २९ गतेदेखि २१ दिनसम्म तोकिएको छ।


You need to login to comment.

8 Comments

Samiullah Ansary

on 20 Oct, 2017

please sir the vacancy you give not show

Saah Kr Sanjay

on 16 Oct, 2017

khai k ho yo na bujhinne gari photos raexa tah

Krishan Bohara

on 16 Oct, 2017

prast herna sakiyena

Amit Sah

on 16 Oct, 2017

sahi ho

Puspa Thapa

on 16 Oct, 2017

hum....u r right mis #surakshya

Saroj Patel

on 15 Oct, 2017

hasana ho lagi

Saroj Patel

on 15 Oct, 2017

commedy ho

Surakshya Luitel

on 15 Oct, 2017

kina karmachari awosek parira suchana prakasan garna paryo time waste matrai aakhira ma sabai aafnai manxeye lai xnauta garx ..no valuation of education and educated person

Facebook Comments

Read More News