लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
काठमाडौं : कर्मचारी सञ्चयकोषले बिभिन्न पदमा ५५ जना कर्मचारी माग गरेको छ। सोमबार गोरखापत्रमा सूचना प्रकाशित गरी सञ्चय कोषले बरिष्ठ कम्प्युटर सहायकदेखि चार्टर्ड एकाउन्टेन सम्मका पदहरुमा कर्मचारी माग गरेको हो।
नवौं तहमा बरिष्ठ प्रबन्धक पदमा एक जना चार्टर्ड एकाउण्टेन माग गरिएको छ। यसका लागि चार्टर्ड एकाउन्टेन्सी कोर्स पास गरेर तीन वर्षको अनुभव भएको ब्यक्ति माग गरिएको छ।
त्यस्तै प्रशासन तर्फको शाखा अधिकृतमा ८ जना माग गरिएको छ। जसमा ५ जना खुला तथा महिला, आदिवासी जनजाति र अपाङ्ग एक/एक जना माग गरिएको छ। यो पदका लागि स्नातकोत्तर पास गरेकाहरुले आवेदन गर्न सक्नेछन्।
कोषले प्रमुख सहायक पदमा ४३ जना कर्मचारी माग गरेको छ। जसमध्ये खुला प्रतिस्पर्धाबाट २३, महिला ७ जना, आदिवासी जनजाति ६ जना, मधेशी ४ तथा दलित, मधेशी र पिछडिएका क्षेत्रका एक कए जना माग गरिएको छ। यो पदका लागि स्नातक पास भएकाहरुले आवेदन गर्न सक्नेछन्।
त्यस्तै बरिष्ठ कम्प्युटर सहायकमा तीन जना माग गरिएको छ। जसमा खुला दुई जना र महिला एक जना माग गरिएको छ। यसका लागि कम्प्युटर विषय लिइ प्रविणता प्रमाणपत्र पास गरेको, वा प्रमाणपत्र तह पास गरेर रजिस्टर्ड संस्थाबाट ६ महिनाको कम्प्युटर तालिम लिएकाहरुले आवेदन गर्न सक्नेछन्।
सबै पदका लागि उमेरको हद २१ देखि ३५ वर्ष तोकिएको छ। तर महिला कोटामा ४० वर्षसम्मकाले आवेदन गर्न पाउनेछन्। यी पदहरुमा छनोट हुन आवदेकले लिखित परीक्षा र अन्तर्वार्ता पास गर्नुपर्छ। आवदेन फारम साउन १२ गतेसम्म कर्मचारी सञ्चयकोषको मानव संसाधन तथा आन्तरिक व्यवस्थापन बिभाग पुल्चोकमा बुझाउनुपर्नेछ।