Welcome, Guest

निजामती सेवामा नयाँ योग्यता लागू गर्ने तयारी हुँदै

2072-05-04  /  3.5K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

तपाईंसँग एसएलसीको मात्र प्रमाणपत्र छ र खरिदार सरहको सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने चाँडो गर्नुस् । अब एसएलसी पढेर खरिदार बन्ने दिन सकिन लागेका छन् । त्यस्तै अधिकृतको तयारी गर्दै हुनुहुन्छ भने अब शैक्षिक योग्यता बढाउनुपर्ने अवस्था आउने भएको छ ।सरकारले निजामती सेवामा नयाँ योग्यता लागू गर्ने तयारी गरेसँगै यस्तो अवस्था आएको हो । अब निजमती सेवाको लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह (कक्षा १२ ) नायव सुब्बाका लागि स्नातक र शाखाका अधिकृतका लागि स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिने नयाँ व्यवस्था हुन लागेको छ ।
 
सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीका अनुसार नयाँ योग्यता लागू गर्ने विषयमा लेखेर पठाइसकिएको र सम्बन्धित मन्त्रालयबाट राय आएपछि लोकसेवा आयोगमा पठाउने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
 
मुलुकमा पढेलेखेका मानिस अत्यन्त न्यून रहेका बेला निर्धारण गरिएको योग्यता सान्दर्भिक नभएको ठहर गर्दै यसअघि तोकिएको आधारभूत योग्यतालाई परिवर्तन गर्ने अन्तिम तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

You need to login to comment.

Facebook Comments

Read More News