Welcome, Guest

४७२ उपसचिव र २१६ सहसचिव पदमा विज्ञापन प्रकाशित

2076-06-29 / Source: onlinekhabar.com  /  9.8K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

२९ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो ।
 
निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो इतिहासमै पहिलोपटक हो ।
 
लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।
 
प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक-एक जना सहसचिवको विज्ञापन खुलेको छ ।
 
यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३-३ जनाको विज्ञापन प्रकाशित भएको छ । प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक-एक जनाको विज्ञापन खुलाइएको छ ।
 
हेर्नुहोस् विज्ञापन

 


You need to login to comment.

1 Comments

tanka pd joshi

on 30 Oct, 2019

chemistry 9 th level ko lagi adhikrit hunai parxa ki pardaina?

Facebook Comments

Read More News