Welcome, Guest

टीप्पणी लेखन र यसका महत्वहरु

2076-09-09 / Source: bankingkhabar.com  /  7.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

कार्यालयको नियमित एवम् आकस्मिक कार्यसञ्चालनको नाममा लिइने निर्णय निर्माणमा संगठनको पषढपोसनमा रहेका दुई वा सो भन्दा बढी तहहरुबिच सामुहिक रुपमा संलग्न भई प्रचलित कानुनी तथा नितिगत आधारसहित महत्वपूर्ण औजारलाई टिप्पणी लेखन भनिन्छ । यसले तल्लो तहका विचार र विकल्पहरुमाथि माथिल्लो तहले निर्णय वा निष्कर्षमा पुग्ने कार्य गर्दछ । टीप्पणी लेखन प्रभावकारी प्रभावकारी आन्तरिक सञ्चारको औजार हो । जसले सहभागितामुलक निर्णय प्रक्रियामा सहयोग गर्दछ । प्रचलित कानुनको अधिनमा विवेकशिल निर्णय गर्दछ । तल्लो तहका कर्मचारीको विचार वा दृष्टिकोणलाई माथिल्लो तहले निर्णयमा समेट्ने गर्दछ । यो तहगत प्रणलीमा निर्णय निर्माणको उत्तम औजार हो ।
 
टीप्पणी लेखनका महत्वहरु
  • संगठनको पदशोपाजमा सहभागितामुलक निर्णय निर्माण प्रवद्र्धन गर्दछ ।
  • प्रचलित ऐन नियम कानुन अनुसार विकल्पहरुको खोजी र उत्तम विकल्पको पहिचान गर्ने गर्ने भएकाले निर्णयको वैधानिकता र विश्वसनियता बढ्दछ ।
  • निर्णय निर्माणमा संलग्न सम्पूर्ण कागजातहरु टीप्पणी फाइलमा संलग्न हुँदा भविष्यमा प्रयोजन र अभिलेख व्यवस्थापन प्रभावकारी भएर जान्छ ।
  • सहभागितामुलक निर्णय निर्माणले निर्णयमा अपनत्व बढाउने र निर्णय निर्माण प्रक्रियामा कार्यान्वयन तहको संलग्नताले कार्यान्वयनको प्रभावकारीता बढेर जान्छ ।

टीप्पणीको तत्व भाग अन्तरवस्तु

१. विषयको संक्षिप्त परिचय : टीप्पणी लेखनको विषय वा समस्याको संक्षिप्त पृष्ठभुमीयस खण्डमा राखिन्छ । जसले टीप्पणी किन लेखिदैछ स्वको सान्धर्भिकता समेत प्रमाणित गर्दछ ।
२. प्रचलित ऐन नियम र कार्यविधिका व्यवस्था : टीप्पणीको मुख्य विषय वा समस्या समाधानका लागि प्रचलित ऐन नियम कानुन र कार्यविधिमा भएका सान्धर्भिक व्यवस्थाहरु यसमा राखिन्छ जसले निर्णयको कानुनी पृष्ठभुमी उपलब्ध गराउँछ ।
३. टीप्पणीको मुल भाग : यस खण्डमा टीप्पणीको विषयसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारीलाई संक्षिप्तता र प्राथमिकताका आधारमा प्रस्तुतीकरण गरीन्छ ।
४. विभागिय विश्लेषण : यसमा संगठनको सम्बन्धित विभागको आधिकारीक तहले टीप्पणीको विषय वा समस्याप्रति धारणा वा दृष्किोण प्रस्तुत गर्दछ ।
५. प्रस्तावित निर्णय : निर्णय निर्माणको आधिकारीक तहभन्दा तल्लो तहका टीप्पणी संलग्न पक्षले सम्भावित उत्तम निर्णय प्रस्तावित निर्णमा पेश गर्दछ ।
६. निर्णय : निर्णय निर्माण गर्ने अधिकार प्राप्त अधिकारीले कुनै विषयमा के गर्ने वा के नगर्ने निक्र्यौल गरी निष्कर्षमा पुग्दछ । जसलाई तल्लो तहले कार्यान्वयनमा लैजाने गर्दछन् ।
 
 
श्रोत: प्रदिप खतिवडा

You need to login to comment.

Facebook Comments

Read More News